Logo

एनटीसी र पुलिस क्लवबीच प्रायोजन सम्झौता, क्लवलाई २२ लाख उपलब्ध गराउने

एनटीसी र पुलिस क्लवबीच प्रायोजन सम्झौता, क्लवलाई २२ लाख उपलब्ध गराउने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई १ वर्षका लागि प्रायोजन गर्ने भएको छ । टेलिकमले पुरुष फुटवल टिमलाई १६ लाख रुपैयाँ र महिला फुटवल टिमलाई ६ लाख रुपैयाँ गरी २२ लाख रुपैयाँ उपलब्ध गराउन लागेको हो ।

बुधबार टेलिकम र नेपाल प्रहरीबीच सो सम्वन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र नेपाल प्रहरीका महानिरीक्षक तथा केन्द्रीय खेलकुद समितिका अध्यक्ष उपेन्द्रकान्त अर्यालले हस्ताक्षर गरे ।

सम्झौताअनुसार क्लबका पुरुष तथा महिला फुटबल खेलाडीहरुले नेपाल टेलिकमको लोगो तथा नाम अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरको खेल खेल्नेछन् ।
सो जर्सीमा दुवै पक्षको आधिकारिक रङ प्रयोग गरिने बताइएके छ । जर्सीको अगाडि भागमा नेपाल टेलिकमको लोगो रहने र नाम लेखिने छ । त्यसैगरी हाफ पाइन्टको अगाडि भागको बायाँ पट्टी नेपाल टेलिकमको नाम तथा लोगो रहने छ ।Nepal-Police-Club-and-Nepal-Telecome

सम्झौता अवधिभर आपसी समझदारीमा होर्डिङ बोर्ड, ब्यानर तथा वाल पेन्टिङ तथा विज्ञापनमा नेपाल टेलिकमले नेपाल पुुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीको निःशुल्क प्रयोग गर्न सक्नेछ ।

सो अवसरमा नेपाल टेलिकमको तर्फबाट पुरुष फुटबल टिमका कप्तान जुमानु राई र महिला फुटबल टिमकी कप्तान चन्द्रा भण्डारीलाई खेलकुद सामग्री हस्तान्तरण गरियो ।
कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले टेलिकमले सामाजिक उत्तरदायित्वलाई विचार गरेर पुलिस क्लबलाई सहयोग गरेको बताउँदै यसले क्लबको फुटबल खेललाई एक कदम माथि उठाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL