काठमाडौं । महालेखा परिक्षकको कार्यालयले इन्टरनेट टेलिफोनसँग सम्बन्धीत सेवाहरु दर्ता नगरी चलाउन नहुने बताएको छ । कार्यालयले ५८ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शुक्रबार इन्टरनेटमार्फत टेलिफोन गर्नाले त्यसमार्फत अर्बाै रुपैयाँ विदेश गएको भन्दै यस्ता सेवाहरु नेपालमै दर्ता गर्नुपर्ने उल्लेख गरेको हो ।
हाल नेपालमा इन्टरनेट टेलफोन सेवाहरु भाईबर, ह्वाट्सएप, म्यासेन्जर, इमो, जुमलगायतका सेवाहरु निर्वाध रुपमा चलिरहेको भन्दै यीनीहरुलाई दर्ता गर्नुपर्ने बताईएको हो । यस्तै यस्ता कतिपय खाता संचालनका लागि डलर खाताबाट पैसा भुक्तानी भईरहेको पनि भेटिएको भन्दै नेपाल सरकारलाई कार्यालयले यथाशिघ्र यस्ता सेवाहरु दर्ता गरेर संचालनमा ल्याउन निर्देशन दिएको छ । यसरी दर्ता गरेर संचालनमा ल्याउँदा राजस्व असुलीमा सहयोग पुग्ने कार्यालयको बुझाई छ ।
यस्तै सबै प्रकारका आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजस्वको राजस्वको आधार फराकिलो बनाउन ईकमर्श तथा भाईवर, म्यासेन्जर, स्काईप, विच्याटलगायतका माध्यमहरुमा हुने विज्ञापनलाई कानुनी व्यवस्थाअनुरुप करको दायरामा ल्याउनुपर्ने समेत कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।