Logo

विश्वभर माइक्रोसफ्टमा समस्या, नेपालको वित्तीय क्षेत्रमा असर

विश्वभर माइक्रोसफ्टमा समस्या, नेपालको वित्तीय क्षेत्रमा असर



काठमाडौं । विश्वव्यापीरुपमा माइक्रोसफ्टको सिस्टममा समस्या आएको छ । शुक्रबार एकाएक माइक्रोसफ्टका कम्प्युटरहरुमा व्यापक आउटेज देखिएको हो । यसैका कारण नेपालमा बैंक वित्तीय संस्थामा पनि असर परेको छ । यसले विश्वभरका बैंक र एयरलाइनहरू सहित माइक्रोसफ्ट प्रयोगकर्ताहरूलाई अप्ठ्यारो अवस्था सिर्जना गरिदिएको हो ।

टेक्नोलोजी कम्पनीहरुले माइक्रोसफ्ट ३६५ एप्स र सेवाहरूमा पहुँचलाई असर गर्ने समस्यालाई बिस्तारै समाधान गरिरहेको बताएको केही घण्टा पछि नेपालमा पनि यसको असर देखिएको हो।

नेपाली बैंकहरुले समेत माइक्रोसफ्ट ३६५ एप्स र सेवाहरू प्रयोग गर्दै आएका छन्। जसले गर्दा उक्त सिस्टममा भएको समस्याले कयौं बैंकहरुको सेवा समेत प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL