Logo

४४ प्रतिशत जनतामा इण्टरनेट पहुँच, टेलिकमको हिस्सा ५६ प्रतिशत

४४ प्रतिशत जनतामा इण्टरनेट पहुँच, टेलिकमको हिस्सा ५६ प्रतिशत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देशमा कुल ४४ प्रतिशत जनतामा इण्टरनेटको पहुँच पुगेको छ । नेपाल टेलिकमले भर्खरै प्रकाशित गरेको तथ्याङ्क अनुसार १ करोड १६ लाख ८७ हजार जनाले इण्टरनेट प्रयोग गर्ने गरेका छन् ।

इण्टरनेट सेवामा सवैभन्दा बढी हिस्सा नेपाल टेलिकमको रहेको छ । कुल १ करोड १६ लाख इण्टरनेट प्रयोगकर्ता रहेकोमा टेलिकमको हिस्सा ६६ लाख १६ हजार जना नेपाल टेलिकमको युजर्स रहेका छन् । यो हिस्ता ५६ प्रतिशत हुन आउँछ । यस्तै, एनसेलको ४७ लाख ४६ हजार जना इण्टरनेट प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाएको छ ।

हालसम्म देशमा टेलिफोन प्रयोगकर्ता १ सय ७ प्रतिशत पुगेको छ । जसमध्ये मोवाइल फोन प्रयोगकर्ताको संख्या १ सय प्रतिशतभन्दा बढी रहेको छ । यसैगरी ३ दशमलव १९ प्रतिशत जनताले ल्याण्ड लाइन प्रयोग गरिरहेका छन् भने ३ दशमलव १७ प्रतिशत जनताले एलएमस र जीएमपीसीएस सेवा प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्