Logo

एनटीसीको ‘फ्रेन्ड एण्ड फेमिली सेवा, ७० पैसामा कल गर्न सकिने

एनटीसीको ‘फ्रेन्ड एण्ड फेमिली सेवा, ७० पैसामा कल गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

नेपाल टेलिकमले जीएसएम प्रिपेड सेवामा फ्रेन्ड एण्ड फेमिली सुविधा उपलब्ध गराउने भएके छ । टेलिकमले कात्तिक २५ गते उपलब्ध गराउन लागेको सुविधामा जिएसएम प्रिपेड मोबाइलबाट नेपाल टेलिकमको नेटवर्क भित्रका कुनै ५ वटा नम्बरमा कल गर्दा प्रति मिनेट ७० पैसा मात्र महसुल लाग्ने छ ।

सो सुविधा लिनका लागि एफएनएफएसयुवि स्टार एमडीएन लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने छ । एमडीएन भन्नाले टेलिकमको नेटवर्क भित्रका टेलिफोन नम्बर बुझिन्छ ।

त्यसैगरी अन्य थप ४ वटा नम्बर पनि क्रमशः थप्नका लागि एफएनएफएडीडी स्टार एमडीएन लेखेर १४१५ मा एसएमएस गर्नुपर्ने बताइएको छ ।

एक पटकमा एउटा मात्र नम्बर एसएमएस गर्न सकिने छ । गरी सिडिएमए प्रिपेड तथा पोष्टपेडमा भने पहिलेदेखि नै यस्तो सुविधा उपलब्ध छ । जिएसएम पोष्टपेड सेवामा एफएन अन्तर्गत ३ वटा नम्बरमा मात्र सुविधा भएकोमा अब ५ वटा नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको छ ।

यो सुविधा लिनका लागि एफएनएफ पछि स्पेस राखेर ५ वटा नम्बरहरु लेखि १४ सयमा एसएमएस पठाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्