Logo

बिज्ञापन बोर्डको चेतावनी–कानून विपरित बिज्ञापन तथा विज्ञापन डबिङ गरी प्रसारण गरे कारबाही

बिज्ञापन बोर्डको चेतावनी–कानून विपरित बिज्ञापन तथा विज्ञापन डबिङ गरी प्रसारण गरे कारबाही



काठमाडौं । सरकारले क्लिन फिडमा अटेरी, विदेशी बिज्ञापन प्रसारण गरे कारबाही हुने चेतावनी दिएको छ । बिज्ञापन बोर्डले आईतबार एक सूचना प्रकाशित गर्दै विज्ञापन नियमन ऐन तथा नियमावली अनुसार गत कात्तिक ७ देखि विज्ञापन रहित (क्लिन फिड) प्रसारण लागु गरेकोमा केही विदेशी च्यानलहरुमा भने कानून विपरीत विज्ञापन बज्न सुरु भएको गुनासो पछि सूचना जारी गरेको हो ।

नेपाली च्यानलहरुमा समेत विदेशी विज्ञापन डबिङ गरी प्रसारण हुँदै आएकोमा सो कार्य क्लिनफिड विपरीत भएको विज्ञापन बोर्डको कार्यालयले स्पष्ट पारेको छ ।

बोर्डले कानून विपरीत यदाकदा प्रसारण भइरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै त्यसो नगर्न नगराउन सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ । सूचनामा अगाडि भनिएको छ, ‘अन्यथा कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।’

ad

प्रतिक्रिया दिनुहोस्