एनसेलले दशैं तिहारको अवसर पारी पैसा ब्याक नामक नयाँ योजना ल्याएको छ । जसअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम बराबरको मेन ब्यालेन्स प्रयोग गर्दा त्यति नै रकम बराबरको बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।
चाडपर्वमा आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्यायएके सो योजना असोज २७ बाट लागु हुनेछ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्नेछन् ।
यससँगै ग्राहकले वोनस प्राप्त गर्न आफुले प्रयोग गर्नु पर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि बराबरको बोनस ब्यालेन्स तत्काल प्राप्त हुनेछ ।
यसरी प्राप्त बोनसलाई ग्राहकले एनसेल नेटर्वक भित्र फोन गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक प्राप्त हुनेछ र प्रप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुनेछ । भोलिपल्ट पुनःतोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले फेरि सोहि रकम बराबरको बोनस प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन लाभ प्राप्त गरि आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सक्नेछन् ।
यो योजना ९० दिनको लागी मान्य हुने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए ।