Logo

सीजी ब्राण्डका स्मार्टफोन बजारमा, विभिन्नि ७ वटा मोडल सार्वजनिक

सीजी ब्राण्डका स्मार्टफोन बजारमा, विभिन्नि ७ वटा मोडल सार्वजनिक


बिजखबर संवाददाता
27
Shares

सिजि मोवाइलले विभिन्न सिरिजका मोवाइल तथा स्मार्टफोन बजारमा भित्र्याएको छ । कम्पनीले इओन सिरिजअन्तर्गत ७ नयाँ मोडलका स्मार्टफोन र पीडीए मोडलका साथै एस्ट्रो सिरिज अन्तर्गत ६ ओटा फिचर फोन बजारमा ल्याएको हो ।

जसमध्ये गोरिल्ला ग्लास थ्रि भएको सिजि इओन इलाइट मा ५ सुपर एमोलेड डिस्प्ले छ । यो फोनबाट तस्विर लिँदा एउटै फ्रेममा सवै दृष्य समेट्न सकिन्छ । यसमा १ दशमलव ३ गिगाहर्जको क्वाड कोर प्रोसेसर । यसमा २ जीवी र्याम, १६ जीवीको रोम र २१ सय एमएच क्षमताको व्याट्रि छ । १३ मेगापिक्सलको रियर र ५ मेगापिक्सलको फ्रण्ट क्यामरा छ ।

त्यस्तै सिजिले ६ ओटा डुवल सिम लाग्ने स्मार्टफोन पनि सार्वजनिक गरेको छ । कम्पनीले इओन व्लेज, इओन लाइट प्लस,इओन लाइट,इओन एक्स्प्रेसन,इओन एक्स फोर र इओन एक्स थ्रीजी सार्वजनिक गरेको हो । जसमध्ये इओन ब्लेजमा १ दशमलव ३ गिगाहर्जको क्वाड प्रोसेसर छ । १३ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रण्ट क्यामरा भएको सो फोन एण्ड्रोइड ५ दशमलव १ ललिपप अपरेटिङ सिस्टममा आधारित छ । सो फोनमा २ जीवीको र्याम, १६ जिवीको इन्टरनल मेमोरीलगायत सुविधा छन् ।

त्यसैगरी इओन लाइट प्लसमा १ जीवीको र्याम, १दशमलव २ गिगाहर्जको क्वाड कोर प्रोसेसर र ८ मेगापिक्सलको रियर क्यामरा छ । इओन एक्सप्रेस एण्ड्रोइड ५ दशमलव १ ललिपप ओस अपरेटिङ सिस्टममा आधारित छ ।

८ मेगापिक्सलको क्यामरा भएको इओन इलाइट एण्ड्रोइड ४ दशमलव ४ किटक्याट ओएस भर्सनमा आधारित छ । त्यस्तै इओन एक्स फोर र इओन थ्रीजी पनि एण्ड्रोइड किटक्याट भर्सनमा आधारित स्मार्टफोन हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL