नेपाल टेलिकमले पोस्टपेडमा नयाँ डाटा प्याकेज ल्याएको छ । सो व्यस्वस्था अनुसार एसएमएसबाटै डाटा प्याकेज लिन सकिने छ । यसअघि फारम भरेर मात्र डाटा प्याकेज लिन सकिन्थ्यो । उक्त व्यवस्था असोज २० गतेदेखि लागू हुने टेलिकले जानकारी दिएको छ ।
टेकिमले ल्याएको योजना अनुसार २ सय एमबीका लागि १ सय ३० रुपैयाँ शुल्क लाग्नेछ भने ५ सय एमबीका लागि ३ सय रुपैयाँ लाग्नेछ । यसैगरी, एक जिबीका लागि ५ सय रुपैयाँ शुल्क लाग्ने टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त प्याकेज एक महिनाभित्र उपयोग गरिसक्नुपर्नेछ ।
टेलिकमले ३ जिबीको प्याकेजको मूल्य १ हजार २ सय ९० तोकिएको छ भने ठूलो प्याकेजको १ हजार ८ सय रुपैयाँ निर्धाराण गरेको छ । यीहरुको अवधि भने २ र ३ महिनाको छ । उक्त शुल्कमा १३ प्रतिशत भ्याट र दूरसञ्चार शुल्क १० प्रतिशत अतिरिक्त लाग्नेछ ।
प्याकेज लिन १४०० मा DATA<space> आवश्यक MB लेखेर पठाउनु पर्ने हुन्छ । प्रयोग गर्न बाँकी रहेको डाटा भोल्युमबारे थाहा पाउन CB टाइप गरी १४०० मा एसएमएस पठाउनु पर्ने टेलिकमको विज्ञप्तीमा उल्लेख छ ।