Logo

आइसिटी अवार्डको छनोट प्रक्रिया सुरु, दोस्रो चरणमा विभिन्न चार विधाको नतिजा सार्वजनिक

आइसिटी अवार्डको छनोट प्रक्रिया सुरु, दोस्रो चरणमा विभिन्न चार विधाको नतिजा सार्वजनिक



काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्ड–२०२० संस्करणको छनोट प्रक्रिया सुरु भएको छ । १४ जनाको निर्णायक समितिले दोस्रो चरणमा विभिन्न चार विधाको नतिजा सार्वजनिक गरेको छ ।

स्टार्टअप आइसिटी अवार्ड २०२० र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधामा उत्कृट १२ तेस्रो चरणको छनोटका लागि प्रवेश गरेका छन् । त्यसैगरी, प्रडक्ट आइसिटी अवार्ड २०२० को विधामा उत्कृट १३ प्रडक्ट तेस्रो चरणको छनौटमा प्रवेश गरेका छन् ।

त्यसैगरी, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० मा उत्कृष्ट १४ इन्नोभेसनहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् । पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो । विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।

भदौ अन्तिम सातादेखि शुरू भएको छनोट प्रक्रिया जारी रहेको छ । अन्य ७ विधामा उत्कृष्ट ७ हुँदै उत्कृष्ट ३ को छनौट गरेर सर्वोत्कृष्टको छनोट गरिने जुरी समितिका सुशील पोखरेलले बताए ।

आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले यस वर्ष डिसेम्बर पहिलो हप्ता आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL