Logo

सामसुङ ग्यालेक्सी जेड फोल्डको बुकिङ खुला, स्मार्ट डोकोबाट बुकिङ गर्दा अफरै अफर

सामसुङ ग्यालेक्सी जेड फोल्डको बुकिङ खुला, स्मार्ट डोकोबाट बुकिङ गर्दा अफरै अफर



काठमाडौं । नेपालमा सामसुङ ग्यालेक्सी जेड फोल्ड २ को प्रि बुकिङ खुला भएको छ । स्मार्ट डोकोले नेपालमा उक्त मोबाईलको प्रि बुकिङ खुला गरेको हो ।

उक्त मोबाईलको प्रि बुकिङ मूल्य २ लाख ५० हजार राखिएको छ । स्मार्ट डोकोबाट प्रि बुकिङ गर्दा ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । बाँकी रकम भने मोबाईल लिएपछि मात्र भुक्तानी गर्नुपर्ने छ ।
स्मार्ट डोकोबाट प्रि बुकिङ गर्दा अफरै अफर ल्याएको छ । त्यसरी बुकिङ गर्दा २० हजार रुपैयाँ बराबरको सामसुङ ग्यालेक्सी बड्स लाईभ र एक पटकको लागि १ बर्षसम्म ब्रोकज बीमा गरिने भएको छ ।किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन तपाईले हात वेभ गर्दा शुट हुन्छ ।

‘अघिल्लो समयहरुमा सामसुङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदा पनि अहिले भने हामीले नेपालमै पहिलो पटक ग्यालेक्सी जेड फोल्ड २ स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं,’ स्मार्ट डोकोको अध्यक्ष एवं आईएमएस ग्रूपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले भने, ‘उक्त एकदमै राम्रो भएको र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ ।’ स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गते सम्म मात्र खुल्ला गरिएको छ ।

उक्त फोन अनलाईन बुकिङ गर्नका लागि यहाँ क्लिक गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL