Logo

भायानेटको चाडपर्वमा नयाँ अफर, ‘बडा दशैंमा बडा टिभी’ योजना

भायानेटको चाडपर्वमा नयाँ अफर, ‘बडा दशैंमा बडा टिभी’ योजना



काठमाडौं । विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर ‘भायानेट बडा दशैंमा बडा टिभी’ आफ्ना ग्राहकहरुका लागि ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार हिन्दू नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा ‘भायानेट बडा दशैंमा बडा टिभी’ नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले स्काइवर्थ लेड टिभीको साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार ९९० रुपैयाँमा प्राप्त गर्नेछन् भने ३२ इञ्चको स्काइवर्थ लेड टिभीका साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९९० रुपैयाँमा प्राप्त गर्नेछन् ।

साथै, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको रु. ६५० सम्मको क्यास भाउचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरुले थप रु. ६०० सम्मको छुट पनि प्राप्त गर्नेछन् ।

भायानेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने छन्र भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने लेड टिभीमा स्मार्टटिभीको फिचरको मजा लिन सकिनेछ ।

भायानेट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मात्र होइन ग्राहकहरुलाई केही विशेष प्रदान गर्नको लागि सधैं लागिपरेको दावी गर्दै आएको छ । यस अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुशी बाँड्न र रोमाञ्चकता प्रदान गर्न खोजेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL