Logo

नेपाली बजार भित्रियो लेनोमो मोवाइल, बजार मुल्य १७ हजार रुपैयाँसम्म

नेपाली बजार भित्रियो लेनोमो मोवाइल, बजार मुल्य १७ हजार रुपैयाँसम्म


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ असोज, काठमाडौं । नेपालमा औपचारिक रुपमा लेनोभो स्मार्टफोन भित्रिएको छ । लाइफकम प्रालिले उक्त ब्राण्डका मोवाइलहरु नेपाली बजारमा भित्र्याएको हो । लेनोभो विश्कै चर्चित ब्राण्ड भएको र नेपालमा पनि केहह्ी समयभित्रै राम्रो बजार हिस्सा ओगट्ने लाइफकमका प्रवन्ध निर्देशक अमित अग्रवालले बताए ।

लेनोभोको विभिन्न ४ वटा मोडलका मोवाइलहरु नेपाली बजारमा भित्रिएका हुन् । कम्पनीले बजारमा ए३१९, ए३२८, ए५३६ र ए५००० मोडलका मोवाइलहरु नेपाली बजारमा ल्याएको हो । ती मोवाइहरुमा क्वाड कोर पावर, ५ इञ्चको ठूलो स्क्रिन, तथा उच्च क्षमताका व्याट्री रहेका छन् । कम्पनीले नेपाली बजारम भित्र्याएको ए५००० मा ४ हजार एमएचको व्याट्री रहेको छ । उक्त फोनको बजारमा मुल्य ९ हजार रुपैयाँदेखि १७ हजार ५ सय रुपैयाँ सम्म रहेको छ ।

lenovo-mobile

कम्पनीले शुरुमा काठमाडौं, भक्तपुर, हेटौंडा, बुटवल, जनकपुर, नेपालगन्ज, विर्तामोड र धनगढीबाट विक्री शुरु गर्ने छ । त्यसको ३ देखि ६ महिना भित्रमा देशका सबै स्थानमा आफ्ना मोवाइलहरु पुर्याइने कम्पनीले जानकारी दिएको छ ।

नेपालमा स्मार्टफोनको बजार प्रति वर्ष १२ लाखको हाराहारीमा हुने गरेको र सोही अनुरुप नेपाली उपभोक्ताको बढ्दो अभिरुचीलाई मध्यनजर गर्दै उक्त मोवाइलहरु नेपाली बजारमा ल्याएको लेनोभो स्मार्टफोन इण्डियाका नेशनल डिष्ट्रिब्युसन मेनेजर रोहित खट्टेरले बताए । ‘हामीले नेपाली उपभोक्ताको आकांक्षा अनुसार उनीहरुलाई सुहाउँदो मोवाइल नेपाली बजारमा ल्याएका छौं,’ उनले भने, ‘आगामी ३ महिना भित्र देशका झण्डै ७ शोरुम स्थापना गर्नेछौं ।’ साथै, आगामी ६ महिनामा भित्र १ हजार शोरुम विस्तार गर्ने समेत उनले जानकारी दिए ।

कम्पनीले ब्राण्ड विस्तारसँगै देशमा विक्री पछिको भरपर्दो सेवा प्रदान गर्न सर्भिस सेन्टरको सञ्जाल विस्तार गर्ने योजनामा पनि रहेका उनले जानकारी दिए । जसले गर्दा मोबाइल बजारको ठूलो हिस्सा ओगट्न सकिने विश्वास पनि कम्पनीले लिएको छ । कम्पनीले १ वर्षभित्र नेपाली बजारमा करिब १० प्रतिशत बजार हिस्सा ओगट्ने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL