Logo

नेपाल टेलिकमले ल्यायो नयाँ योजना, कतारबाट नेपाल फोन गर्न प्रतिमिनेट ५ रुपैयाँ

नेपाल टेलिकमले ल्यायो नयाँ योजना, कतारबाट नेपाल फोन गर्न प्रतिमिनेट ५ रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

८ असोज,काठमाडौं । कतारबाट नेपालमा अव प्रति मिनेट ५ रुपैयाँ ७५ पैसामा फोन गर्न पाइने भएको छ । कतारको ओरेडु कम्पनीको प्रिपेड मोवाइलबाट नेपाल टेलिकमका सबै किसिमका नम्बरमा सस्तो दरमा फोन गर्न पाइने भएको हो ।

यो योजना शुक्रबारदेखि कात्तिक ७ गतेसम्मका लागु हुने टेलिकमले जानकारी दिएको छ ।

योजना दशैंलाई लक्षित गरी सञ्चालनमा ल्याइएको टेलिकमकी प्रवक्त प्रतिभा वैद्यले जानकारी दिइन् । यो छुट अफरबाट कतारमा कार्यरत करिब ७ लाख नेपाली लाभान्वित हुने उनको विश्वास छ ।

कतार नेपाल सामान्य दर भने प्रतिमिनेट १३ रुपैयाँ पर्छ । नेपालबाट कतारमा कल गर्दा भने हाल प्रतिमिनेट १२ रुपैयाँ महसुल लाग्छ ।

प्रतिक्रिया दिनुहोस्