Logo

भायानेटको बाचा, नयाँ जडान ४८ घण्टामा

भायानेटको बाचा, नयाँ जडान ४८ घण्टामा



काठमाडौं । भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक कम्पनी हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ ।

यसैक्रममा ग्राहकले अनुरोध गरेको ४८ घण्टा भित्र इन्टरनेट जडान गर्ने सुविधा थप गरेर भायानेटले सेवा प्रदान गर्ने प्रक्रीयामा उल्लेखनीय कदम चालेको छ । अब नयाँ ग्राहकहरुले आफ्नो घर वा अफिसमा भायानेट जडान गर्न चाहेमा ४८ घण्टा भित्रै उनीहरुको घरमा भायानेटको इन्टरनेट चल्न थाल्नेछ ।

देशको विभिन्न भागमा लकडाउन भइरहेको यो महामारीको बेलामा पनिभायानेट आफ्नो ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध छ । यो नयाँ सेवाको साथ भायानेटले आफ्ना ग्राहकहरुको लागि घरबाटै काम गर्न वा पढ्नको लागि छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL