Logo

एनसेल एप क्याम्पका लागि १सय ५० समूह छनोट, छानिएका टोलिलाई तालीम दिइदै

एनसेल एप क्याम्पका लागि १सय ५० समूह छनोट, छानिएका टोलिलाई तालीम दिइदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

६ असोज,काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेलले आयोजना गरिरहेको मोवाईल एप प्रतियोगिता, एनसेल एपक्याम्प २०१५ का लागि १ सय ५० समूह छानिएका छन् ।

दर्ता भएका आईडियाहरु मध्येबाट १सय ५० आईडिया छनौट गरी प्रतियोगिताको अर्को चरणमा लगिने पूर्वघोषणा बमोजिम दर्ता भएका जम्मा ७ सय २८ समूहमध्ये बुधवार १५० समूह छनौट गरिएको हो । एपक्याम्पमा सहभागी हुनका लागि प्रतियोगीहरुलाई असोज ३ गते दिउँसोसम्म नाम दर्ता गराउन सक्ने ब्यवस्था गरिएको थियो ।

एनसेलले पुर्व घोषित मापदण्डका आधारमा प्रतियोगीहरूको छनौट गरेको हो । यस अन्र्तगत प्रतियोगीहरुले बनाउन चाहेको एपले हलगर्ने समस्याको गम्भिरता (एपको उपयोगिता), एपको व्यवसायिक सम्भावना, त्यसको देशभर र बाहिर पनि विस्तारको संभावनाका साथै प्रतियोगीहरूको अभिव्यक्ति र प्रस्तुतिको आधारमा समूह छनौट गरिएको हो । छनौटमा परेका समूहको नामावली एनसेलले प्रतियोगिताको लागि तयार गरेको ऐनसेल एप क्याम्प एप र एनसेल एप क्याम्पको वेबसाइट डब्लुडब्लु डा एनसेलएपक्याम्प डट कममा राखेको छ ।

एनसेलले एप क्याम्प २०१५ का लागि चार वटा विधाहरुस् खेल तथा मनोरंजन, स्वास्थ्य, पर्यटन र युटिलिटीमा प्रतियोगिता गर्दैछ । छानिएकामध्ये ३७ वटा टोलि खेल तथा मनोरंजन विधामा, ३८ वटा स्वास्थ्यमा, ३८ वटा पर्यटन र ३७ वटा समूह युटिलिटी विधामा एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाईलानलारले जानकारी दिए ।

प्रतिस्पर्धाका लागि छानिएका यि समूहले अर्को चरणमा सम्बन्धित क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट क्षमता अभिबृद्धि सेमिनार तथा तालिम प्राप्त गर्नेछन् । सेमिनार तथा तालिमहरु कात्तिक तथा मंसिर महिनामा आयोजना गरिने छ ।

एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माका अनुसार करिब एक महिनाभर आयोजना गरिने उक्ततालिम र सेमिनारले यी समूहलाई आफ्नो एपलाई अझ उपयोगी, व्यवसायिक तथा प्रयोगकर्ता मैत्री बनाउन मद्दत गर्नेछ । “यसले प्रतियोगिहरूलाई प्रतिस्पर्धाको अर्को चरण तथा भविष्यका लागि तयार गर्न सहयोग पु¥याउने छ,”शर्माले बताए ।

सेमिनारमा सम्बन्धित क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुले आफनो अनुभव र ज्ञान सहभागीहरु माझ राख्ने छन् । प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागीहुनका लागि छान्ने छन् ।
फाइनल चरणमा प्रतियोगीहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुतिगर्न सिक्ने छन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको डेमोन्स्ट्रेसन गर्नेछन् ।

प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्तगर्नेछन् भने समग्र विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्