Logo

टेलिकमको सवै कार्यालयबाट सिमकार्ड सटही सुविधा, पोष्टपेड र प्रिपेड दुवैमा लागू

टेलिकमको सवै कार्यालयबाट सिमकार्ड सटही सुविधा, पोष्टपेड र प्रिपेड दुवैमा लागू


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

६ असोज, काठमाडौं । नेपाल टेलिकमले देशभरका कुनै पनि कार्यालयबाट हराएका तथा विग्रीएका सिमकार्ड साट्न मिल्ने व्यवस्था लागू गरेको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सवै कार्यालयबाट सिमकार्ड साट्न मिल्ने व्यवसस्था गरिएको नेपाल टेलिकममा प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बिजखबरलाई बताए । ‘हामीले पहिलो केही स्थानबाट मात्र हराएका तथा विग्रीएका सिमकार्ड सटही सुविधा दिएका थियौं,’ उनले भने, ‘आजैका मितिदेखि लागू हुनेगरी देशभरका सवै कार्यालयबाट साट्न सक्ने व्यवस्था गरेका छौं ।’

प्रवन्ध निर्देशक आचार्यका अनुसार यो सुविधा पोष्टपेड तथा प्रिपेड दुवै सिमकार्डमा लागू हुने छ । यस अघि पोष्टपेड सिमकार्ड हराएमा वा विग्रीको खण्डमा टेलिकमको सुन्धरा कार्यालयमा जानु पर्ने वाध्यता थियो । त्यसैगरी, प्रिपेड सिमकार्ड सटही सुविधा पनि केही निश्चित कार्यालयबाट दिइएको थियो । तर, आगामी दिनमा जुनसुकै कार्यालयबाट प्रिपेड तथा पोष्टपेड सिमकार्ड साट्न सकिने आचार्य बताउँछन् ।

आगामी दिनमा ग्राहकहरु आफ्नो सिमकार्ड विग्रीएमा वा हराएका सम्बन्धित कार्यालयमा धाउनुपर्ने बाध्यताबाट मुक्त हुने समेत टेलिकमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्