Logo

एप्पल बन्यो २ ट्रिलियन डलरको पहिलो सार्वजनिक कम्पनी, कोरोनाले पनि रोकिएन आर्थिक वृद्धि

एप्पल बन्यो २ ट्रिलियन डलरको पहिलो सार्वजनिक कम्पनी, कोरोनाले पनि रोकिएन आर्थिक वृद्धि



काठमाडौं । अमेरिकी एप्प कम्पनी २ ट्रिलियन डलरको पहिलो सार्वजनिक कम्पनी बनेको छ । सो कम्पनी पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ । बुधबार कम्पनीको शेयर मूल्य बढेर प्रतिशेयर ४६७।७७ डलर पुगेसँगै एप्पल कम्पनीको बजार मूल्य २ ट्रिलियन डलर पुगेको हो ।

विगतमा आइफोनलगायतका ग्याजेटको बिक्रीमा बढी निर्भर रहेको एप्पलको आम्दानीको ठूलो हिस्सा पछिल्लो समय सफ्टवेयर तथा अन्य सेवामा समेत उल्लेख्य वृद्धि भएसँगै लगानीकर्ताहरुको विश्वासमा वृद्धि भएकोे हो । कोरोना भाइरसकालमा एप्पल कम्पनीमा ठूला संस्थागत लगानीकर्ताहरु समेत भित्रिएका र त्यसको सकारात्मक प्रभाव एप्पलको शेयर मूल्यमा परेको बताइएको छ ।

अमेजन, माइक्रोसफ्ट तथा गुगललगायतका प्रतिस्पर्धी कम्पनीहरुको मूल्य १ ट्रिलियन डलरको सेरोफेरोमा रहेको अवस्थामा एप्पलले आफूलाई दोब्बर मूल्यवान बनाउन सफल भएको छ । यो सँगै एप्पल, अमेजन, माइक्रोसफ्ट र गुगल कम्पनीको गरी कूल बजार मूल्य ६ ट्रिलियन डलर पुगेको छ ।

सन् २०२० को दोश्रो त्रैमासिक अवधिमा एप्पल कम्पनीले वस्तु तथा सेवाका सबै क्षेत्रका साथै हरेक भौगोलिक क्षेत्रहरुमा आफ्नो आम्दानीमा वृद्धि गर्न सफल भयो । महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भैरहँदा एप्पलले भने यो वर्ष सन् २०२० मा आफ्नो कम्पनीको मूल्यमा ५७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीको मूल्य पहिलोपटक सन् २०१८ मा १ ट्रिलियन डलर पुगेको थियो । जस अनुसार पछिल्लो दुुई वर्षमै एप्पलले आफ्नो मूल्य दोब्बरले बढाएको हो ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL