Logo

ग्यालेक्सी नोट फाइभ बजारमा, मूल्य ८९ हजार ९ सय रुपैयाँ

ग्यालेक्सी नोट फाइभ बजारमा, मूल्य ८९ हजार ९ सय रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

४ असोज, काठमाडौं । सामसुङको बुहुप्रतिक्षित ग्यालेक्सी नोट फाइभ नेपाली बजारमा भित्रिएको छ । अत्याधुनिक प्रविधियुक्त नोट फाइभ सोमबारदेखि नेपालमा बिक्री सुरु गरिएको हो ।

नेपाली बजारमा नोट फाइभको मूल्य ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । नोट फाएभमा सिग्नेचर एस(पेन) छ,जसले उक्त उपकरण चलाउन थप सहजता प्रदान गर्ने छ । उच्च प्रविधियुक्त नोट फाइभमा ५दशमलव ७ इञ्चको क्वार्ड एचडी सुपर एमलोइड डिस्प्ले , ४ जीबी र्याम, २ दशमलव १ अक्टा कोर र १ दशमलव ५ गिगाहर्जको क्वाड प्रोसेसर यसका विशेषता हुन् । नोट फाइभमा ओएस इन्ड्रोइड ५दशमलव १ ललिपप अपरेटिङ सिष्टम छ ।

३२ जीबी मेमोरी भएको सो नोट फाइभ ब्ल्याक सेपियर, गोल्ड प्लाटिनियम र सिल्भर टाइटानियम गरी तीन आकर्षक कलरमा उपलब्ध भएको सामसुङ इलेक्ट्रोनिक्स नेपालले जानकारी दिएको छ । कम्पनीका अनुसार नोट फाइभ खरिदमा १ जीबी एनसेल थ्रीजी डाटा ६ महिनाका लागि निःशुल्क प्राप्त गर्न सकिने छ ।

सामसुङले सन् २०११ मा ग्यालेक्सी नोट सार्वजनिक गरेयता नेपाली उपभोक्तालाई ठूलो डिस्प्ले भएको स्मार्टफोन उपलब्ध गराउन थालेको हो ।

नोट फाइभको बाहिरी भाग मेटल र ग्लास प्रयोग गरेर आकर्षक डिजाइनमा तयारी पारिखएको छ । मोबाइलमा आकर्षक डिजाइन र कलरको संयोजन गरिएको हुँदा निकै आकर्षक देखिन्छ ।

नोट फाइभमा १६ मेगापिक्सेल क्यामेरा रहेको छ । यसअघि बजारमा आएको नोट फोरमा पनि १६ मेगापिक्सेल क्यामेरा रहेको थियो । अगाडिको क्यामेरा भने बढाएर ५ मेगापिक्सेल र्पुयाएको छ । नोट फोरमा अगाडिको क्यामेरा ३.७ मेगापिक्सेल रहेको थियो ।
पछिल्लो समय विकास भएको सेल्फी कल्चरलाई मध्यनजर गर्दै सामसुङले नोट फाइभमा अगाडिको क्यामेराको क्षमता बढाएको हो ।

नोट  फाइभको ब्याट्री ९० मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ । नोट फाइभमा वायरलेस (तारबीना) चार्जिङ सुविधा समेत रहेको छ । वायरलेस चार्ज गर्दा मोबाइल १२० मिनेटमा मात्र फुल चार्ज हुने छ ।

प्रतिक्रिया दिनुहोस्