Logo

टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डको बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई पठायो पत्र

टेलिकमलाई १८०० मेगाहर्ज ब्याण्डको बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई पठायो पत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमलाई १८ सय मेगाहर्ज ब्याण्डमा बाँकी रहेको ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
मन्त्रालयको गत शुक्रबार बसेको रेडियो फ्रिक्वेन्सी समितिको बैठकले उक्त निर्णय गरेपनि भर्खरै प्राधिकरणमा यसको निर्देशनसहितको पत्र पठाएको छ ।

यसअघि निजी दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले अक्सनमार्फत प्रतिमेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा ९ मेगाहर्ज फ्रिक्वेन्सी हात पारेको थियो ।

मन्त्रालयले पनि नेपाल टेलिकमलाई प्रतिमेगाहर्ज ५ करोड ८० लाख रुपैयाँ मूल्यसहित उसले पाउने क्याप ५ मेगाहर्ज फ्रिक्वेन्सी दिन निर्देशन दिएको हो । मन्त्रालयले विभिन्न सर्तहरु तोकेरे नेपाल टेलिकमलाइ फ्रिक्वेन्सी दिन निर्देशन दिएको छ । जसमा टेलिकमले ५ मेगाहर्ज फ्रिक्वेन्सी प्रतिमेगाहर्ज ५ करोड ८० लाखका दरले २९ करोड रुपैयाँ तिर्नुपर्नेछ ।

नेपाल टेलिकमसँग हाल १८०० मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी छ भने सोहि फ्रिक्वेन्सीमा निरन्तर हुनेगरि बाँकी ५ मेगाहर्ज फ्रिक्वेन्सी पाउने उल्लेख थियो । तर मन्त्रालयबाट पत्र आएपनि प्राधिकरणको बोर्ड बैठकपछि टेलिकमलाई दिने निर्णय भएपछि मात्रै टेलिकलाई उक्त फ्रिक्वेन्सी दिने प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार प्राधिकरणको बोर्ड बैठकको निर्णयपश्चात टेलिकमले उक्त फ्रिक्वेन्सी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL