Logo

संविधान एप सार्वजनिक, २००७ सालदेखिको घटनाक्रम समावेश

संविधान एप सार्वजनिक, २००७ सालदेखिको घटनाक्रम समावेश


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

३ असोज,काठमाडौं । नेपालले नयाँ संविधान पाउँदैछ । यही उपलक्ष्यमा एनआईटीभी मिडियाले नेपालको संविधान एप सार्वजनिक गरेको छ । हरेकले संविधान सहज रुपमा अध्ययन गर्न पाउन् भन्ने उद्देश्यका साथ एप सार्वजनिक गरिएको बताइएको छ ।

सो एपमा २००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथिमतदान सुरु भएपछिका घटनाक्रमहरु राखिएको छ ।
कम्पनीका अनुसार सूचना र प्रविधिको क्षेत्रमा भइरहेको विकाशको सही प्रयोगको उदाहरण यो एप हो ।

यसले देश–विदेशमा रहेका नेपालीहरुले संविधान निर्माणक्रम र जारी संविधान सहज रुपमा अध्ययन गर्न सक्नेछन् ।

निःशुल्क टेलिभिजन एप नेट टीभी नेपाल समेत सार्वजनिक गरेको सो कम्पनीलेदेश–विदेशमा रहेका नेपालीहरुको सुविधाका लागि विभिन्न प्याकेजहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्