Logo

टेलियासोनेरा वाहिरिदैमा एनसेलको सेवामा फरक नपर्ने, अझ बढी सेवा विस्तार गिरने

टेलियासोनेरा वाहिरिदैमा एनसेलको सेवामा फरक नपर्ने, अझ बढी सेवा विस्तार गिरने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१ असोज, काठमाडौं । मोवाईल सेवाप्रदायक कम्पनी एनसेलको माउ कम्पनी टेलियासोनेराले नेपाललगायत युरेसियाका ७ मुलुकबाट बाहिरिने निर्णय गरे पनि एनसेलले आफ्नो ग्राहक सेवामा कुनै फरक नपर्ने र लगानीलगायतका योजनाहरुलाई निरन्तरता दिईरहने जनाएको छ ।

‘टेलियासोनेराले रणनीतिक निर्णय अन्तर्गत युरेसियाबाट बाहिरिने जनाएको हो । यसले एनसेलकोे काम कारवाहीतथा सेवामाकुनै असर पार्ने छैन,’ एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलारले भने, ‘हामी नेटवर्कमा लगानीगर्ने लगायतका योजनालाई कार्यान्वयनगरिरहने छौं भने काठमाडौंको नेटवर्क आधुनिकिकरण गर्ने काम अब केहि हप्तामै सम्पन्नहुँदैछ ।’ साथै, ३ जीविस्तारको कार्य पनि जारी नै रहने छ ।

एनसेलले काठमाडौंको नेटवर्क आधुनिकिकरण अन्तर्गत हाल आफ्नो नेटवर्कको क्षमता दोब्बर गरिरहेको छ । जसले भ्वाईस तथा डेटाको गुणस्तरमा सुधार ल्याई ग्राहकलाई ४२ एमबिप्रति सेकेन्ड सम्मको द्रुत डेटा स्पिड प्रदानगर्नेछ । यसले भुकम्पपश्चात देखिएको नेटवर्कको समस्यालाई सम्बोधन गर्दै ग्राहकलाई गुणस्तरिय सेवा सुनिश्चित गर्नेछ ।

यसका साथै एनसेलले देशभर ३जी सेवा पुर्याउने योजनाअन्तर्गत नयाँ जिल्लाहरुमा पनि ३जी नेटवर्क स्थापना गरिरहेको छ । ‘मोवाईल नेटवर्क देशको महत्वपूर्ण पूर्वाधार हो । यसमाभएको लगानीले देशलाई वर्षोैंसम्म सेवाप्रदानगरिरहने छ,’ टाईलानलारले भने ।
आफ्नाग्राहकलाई विभिन्न संचार सेवाप्रदानगर्दै आएको एनसेलले आफ्नो प्रतिवद्धता बमोजिम आगामी दिनमा पनि ग्राहकलाई सुलभरुपमा गुणस्तरिय सेवाप्रदान गरिरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL