Logo

नेपाल टेलिकमले थप्यो वेब रिचार्ज, वेबसाईटबाटै डाटा बुझ्न सकिने

नेपाल टेलिकमले थप्यो वेब रिचार्ज, वेबसाईटबाटै डाटा बुझ्न सकिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२८ भदौ,काठमाडौं । नेपाल टेलिकमले इण्टरनेटको पहुँचमा रहेका उपभोक्तालाई लक्षित गर्दै आफ्नो आधिकारीक वेबसाईटबाटै रिचार्ज गर्न सकिने सुविधा थप गरेको छ ।

नयाँ सुविधा अनुसार कम्पनीको आधिकारीक वेबसाईट (ntc.net.np ) मा रहेको अनलाइन रिचार्ज क्लीक गरेर रिचार्ज सेवा लिन सकिन्छ ।

जीएसएम प्रिपेड, पोस्टपेड सहित सीडीएमए, ल्याण्डलाइन, एडीएसएल (अनलिमिटेड भोल्युम बेस), वाईम्याक्स प्रयोगकर्ताले यस्तो सुविधा लिन सक्ने टेलिकमले जानकारी दिएको छ । वेब रिचार्ज नाम दिइएको यो सुविधामार्फत प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको डाटाको परिणामको समेत जानकारी पाउनेछन् ।

साथै रिजार्चको सहजताको लागि टेलिकमले वेबसाईटमै सबै जानकारी उपलब्ध गराएको छ । टेलिकमले यसअघि रिचार्ज कार्ड तथा टप अप मार्फत रिचार्जको सुविधा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्