Logo

सवै जिल्ला सदरमुकाममा अप्टिकल फाइवर विस्तार गरिदै

सवै जिल्ला सदरमुकाममा अप्टिकल फाइवर विस्तार गरिदै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२२ भदौ,काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले चालु आर्थिक बर्षमा सवै जिल्ला सदरमुकामहरुमा अप्टिकल फाइवर नेटवर्क सञ्जाल विस्तार गर्ने भएको छ ।

प्राधिकरणले यसका लागि ‘डिष्ट्रीक अप्टिकल फाइबर नेटवकर्’ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको छ । ‘यस कार्यक्रमका लागि १ अर्व छुट्याएका छौं ’ प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए ।
सो कार्यक्रमअन्तर्गत प्रथम चौमासिकमा परामर्शदाता छनौट गरी सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउने उनले जानकारी दिए । त्यस्तै दोश्रो चौमासिकमा परामर्शदाताको छनौटका लागि सूचना प्रकाशन गर्ने तथा तेस्रो चौमासिकमा समभ्mौता गरी अगाडी बढ्ने बताइएको छ ।

प्राधिकरणले ग्रामिण दुरसञ्चार विकास कार्यक्रम अन्तर्गत यस्ते कार्यक्रम सञ्चालन गर्न लागेको हो । ग्रामिण दुरसञ्चार विकास कार्यक्रम अन्तर्गत विभिन्न विधाका लागि १ अर्व ८८ करोड बजेट छुट्ष्याएको छ । प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषबाट खर्च गर्ने गरी बजेट विनियोजन गरेको हो ।

प्राधिकरणले भूकम्प प्रभावित १४ जिल्लहरुमा पुर्ननिर्माण हुने वस्तीहरुमा ‘आरटीडीएफ’ परिचालन गरी व्रोडव्याड सेवाको लागि आवश्यक दूरसञ्चार पूर्वाधार निर्माण गर्ने बताएको छ । जसअन्तर्गत लागि ३ करोड ३० लाख छुट्याएको छ । जसअन्तर्गत कलेक्ट कम्युनिटी कार्यक्रमको लागि प्रत्येक ७५ जिल्लाका प्रत्येक गाविसलाई सूचनाप्रविधि मैत्री गाविसको रुपमा विकास गर्ने कार्यक्रम रहको छ । अध्ययन गरी प्रतिवेदन प्राप्त गर्ने, सूचना प्रकाशन तथा सम्झौता गरी कार्य शुरु गर्ने उद्देश्य रहेको छ ।

त्यस्तै ७५ जिल्लाका हरेक गाविसलाई सूचना प्रविधिमैत्री गाविस( इ भिडियो) को रुपमा विकास गर्ने प्राधिकरणको २०७२\०७३ को बािर्षक कार्यक्रममा समावेश गरिएको छ । सो कार्यका लागि ७ करोड ५० लाख लाग्ने छ।

यता सामुदायिय विद्यालयहरुमा ब्रोडव्याण्ड सेवा पुर्याउन ‘कनेक्ट अ स्कुल’ कार्यक्रम सञ्चालन गर्ने छ । सो कार्यका लागि ७ करोड ५० लाख छुट्याइएकोमा विद्यालय छनौट गरी आरएफवी डकुमेन्ट तयार गरी सूचना प्रकाशन गर्न २५ लाख बजेट तर्जुमा गरिएको छ । त्यस्तै सेवा प्रदायक छनौट गरी छनौट भएका विद्यालयलाई अनुदान उपलब्ध गराउन २ करोड ५० लाख र छनौट भएका विद्यालयलाई अनुदान उपलब्ध गराउन २ करोड २५ लाख छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL