Logo

लामो समय एउटै पासवर्ड प्रयोग नगर्न सुझाव, साइबरबाट मुक्त हुन नसकिने अर्थमन्त्रीको भनाई

लामो समय एउटै पासवर्ड प्रयोग नगर्न सुझाव, साइबरबाट मुक्त हुन नसकिने अर्थमन्त्रीको भनाई


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

२० भदौ,काठमाडौं । इण्टरनेट तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई लामो समय एउटै पासवर्ड प्रयोग नगर्न विज्ञहरुले सुझाएका छन् ।

नेपालमा साइबर अपराध बढ्दै गएकोले त्यसबाट बच्न यस्तो सुझाव दिएका हुन् ।

आइतवार काठमाडौँमा आयोजित ‘नेपालको साइबर सुरक्षा र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो सुझाव दिइएको थियो । सो अवसरमा अर्थमन्त्री रामशरण महतले मुलुकलाई प्राविधिक रुपबाट अगाडी बढाउनुपर्ने बताए  ।

डा.महतले  वर्तमान अवस्थामा साइबर संसारबाट कोही मुक्त हुन नसक्ने स्पष्ट पारे । ‘देशलाई प्राविधिक तवरले सक्षम बनाउन सरकारले जस्तोसुकै भूमिका खेल्न तयार रहेको छ’ उनले भने ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध देशमा बढ्दै गएकोले यसलाई रोक्न छुट्टै कानून आवश्यक रहेको बताए । डा रामहरि सुवेदीले आफ्नो विद्यावारिधिको क्रममा अध्ययन गरेको साइबर अपराधसम्बन्धी पाठ्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्