Logo

‘टाइप अप्रुभल’ अब अनलाइन बाटै

‘टाइप अप्रुभल’ अब अनलाइन बाटै


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

१६ भदौ,काठमाडौं । अव टाइप अप्रुभल लिन दुरसञ्चार प्राधिकरणको कार्यलयसम्म जान पर्ने झण्झट हट्ने भएको छ । प्राधिकरणले अनलाइन मार्फत नै टाइप अप्रुभल लिने व्यवस्था गर्न लागेकोले ग्राहकले झण्झट वेहोर्न नपर्ने भएको हो ।

प्राधिकरणले चालु आर्थिक बर्षभित्र टाइप अप्रुभलका लागि अनलाइन मेकानिजम (अटोमेशन) तयार गर्न लागेको सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए । ‘त्यसका लागि सफट्वेयर डेभलपर संस्थाको खोजी गर्दै छौं ’ उनले भने ।

प्रथम चौमासिकमा सफ्वेयर कम्पनी खोजीसक्ने प्राधिकरणको लक्ष्य भएको बताइएको छ । त्यस्तै दोश्रो चौमासिकमा सफ्टवेयर तयार गरिने र तेस्रोे चौमासिकमा सो सफ्टवेयर परीक्षण गरि सञ्चलनमा ल्याइने  छ ।
टाइप अप्रुभलको सेवालाई छिटो,छरितो तथा सजह बनाउने उद्देश्यले अनलाइनमा लैजान लागिएको मिश्रले जानकारी दिए । व्यवसायीले प्रक्रिया झन्जटिलो रहेको गुनासो गरकाले यसलाई अनलाइनमा लैजाने तयारी गरिएको बताए ।

हाल नेपालमा सबै प्रकारका मोबाइल सेट, फोन सेट, ट्याबलेटलगायत उपकरण नेपालमा बिक्रीस्तर स्वीकृति लिनुपर्ने व्यवस्था छ । प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेको उपकरणले मात्रै स्तर स्वीकृति पाउँछन् ।
दूरसञ्चार ऐन २०५३ को दफा १३(च) तथा दफा १४ अनुसार मोबाइल सेट, ट्याबलेट, रेडियो उपकरण, वाइफाई, ब्लुटुथलगायत उपकरण तथा नेटवर्कले स्तर स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

आयातकर्ताले कुनै पनि मोडलका उपकरणको उत्पादकको प्रमाणपत्र, वारेन्टीरग्यारेन्टीको पत्र, कस्टमर केयर सेन्टरको रिपोर्ट, उपकरण परीक्षण प्रतिवेदनलगायत विवरण प्राधिकरणमा बुझाउनुपर्छ । प्राधिकरणले सोही विवरणका आधारमा प्राधिकरणले टाइप अप्रुभल दिँदै आएको छ ।

हालसम्म विभिन्न १० प्रकारका उपकरणका ३ हजार ५ सय ५४ मोडलले प्रोभिजनल स्तर स्वीकृति पाएको बताइएको छ । त्यसैगरी ९ सय ६३ मोडलले स्थायी स्तर स्वीकृति पाइसकेको प्राधिकरणको तथ्यांक छ ।
अनलाइन मेकानिजम तयार भएपछी ग्राहकले प्राधिकरणका वेवसाइटमा भएको फारम ग्राहकले भर्न सक्छन् । ग्राहकले भरेको सो फारमलाई प्राधिकरणले डकुमेन्ट अनुसार सिस्टममा चेक गर्छ । त्यसपछी मिले नमिलेको कमन्फमेसन गर्ने र इस्यु गर्ने उनले जानकारी दिए ।  अनलाइन मेकानिजम लागु भएपछी पेपर वर्क पनि कम हुने उनको दावी छ । टाइप अप्रुभल लिन ग्राहक दुरसञ्चार प्राधिकरणसम्म जानु पर्दैन ।

प्राधिकरणले नेपाली बजारमा गुणस्तरीय मोबाइल सेटको कारोबार होस् भन्ने उद्देश्यले स्तर स्वीकृति (टाइप अप्रुभल)मा कडाइ गरेको थियो । पछिल्लो समय अवैध रूपमा मोबाइल सेट आयात हुने क्रम बढेकाले उपभोक्ताले प्राधिकरणले टाइप अप्रुभल अनिवार्य गरेको हो ।
टाइप अप्रुभल दिँदा उपकरणको  सूचीसमेत समावेश गरिएको हुन्छ । यसले कति संख्यामा  आयात भयो भन्ने जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । जसले गर्दा मोबाइल आयातमा भइरहेको अनियमितता पनि हट्छ ।
यसबाट प्राधिकरणलाई अनुगमन गर्न पनि सहज हुन्छ , टाइप अप्रुभलले चोरी पैठारी हुँदा जुन रुपमा राजस्व छली भएको छ, त्यसमा पनि कमी आएको मिश्रको दावी छ ।

प्रतिक्रिया दिनुहोस्