बिजखबर संबाददाता
६ भदौ, काठमाडौं । एनसेलले आयोजना गर्न लागेको एप कयाम्पमा सहभागी हुनका लागि असोज ३ गते सम्मा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।
शनिवार राजधानिको होटल हिमालयमा डिव्रिफिङ सेशनका आयोजना गरि सहभागिहरुलाइ प्रतियोगितामा भाग लिने तरिका र प्रतियोगतिका सुरु भएदेखी अन्तिमसम्म हुने विभिन्न चरणका कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।
सो अवसरमा ३ सय भन्दा बढी इच्छुक एव डेभेलोपर र मोबाइल उत्साहिहरुको उपस्थित थिए ।
विहानी र दिवा गरि दुइ सत्रमा गरिएको डिव्रिफिङमा मोवाइल प्रविधिमा चासो राख्नेहरुको उत्साहाजनक सहभागिता रहेको थियो ।
एनसेलका कर्पोेरेट कम्युनिकेशन एक्सपर्ट मिलन शर्माले एनसेल एप क्याम्प २०१५ केवल एउटा प्रतियोगितामात्र नभइ युवाहरुमा भएको सिर्जनात्मक क्षमतालाई व्यासायीक सिपको रुपमा विकास गर्न सहयोग पुर्याउनको लागि आयोजना गरिएको बताए ।
साथै एनसेलले सिएसआर अन्र्तगत डिजिटल संसारमा केही नयाँ गर्न उदेश्यका साथ यो कार्यलाई निरन्तरता दिएको जानकारी दिए । ‘ सिर्जनशिल युवाहरुमा भएको क्षमतालाइ ब्यवसायमा रुपान्तरण गराउने र उनीहरुको सिर्जना देश विदेशमा परिचित गराउनु हाम्रो उद्देश्य हो’, उनले भने ।
प्रतियोगितामा भाग लिनका लागि २ देखी ५ जनाको समुह बनाउनुपर्ने उनले जानकारी दिए । कार्यक्रममा योङ्ग इनोभेसनका ब्यवस्थापक प्रवेश श्रेष्ठले सहभागिहरुलाई एन सेल एप क्याम्प प्रतियोगिताका विभिन्न चरणहरु र त्यी चरणहरुमा गर्नुपर्ने कार्यहरुको बारोमा जानकारी गराएका थिए ।
यसैगरि विहानी सत्रमा एनसेल एप २०१४ का प्रमुख विजेता शिवजन चौलागाँइ र पुर्व सहभागि अनिस श्रेष्ठ र दिवा सत्रमा पर्यटन विधाका विजेता रोहितमान अमात्य र पूर्व सहभागी गौंरव घिमिरेले आफनो अनुभव सुनाएका थिए ।
एनसेलले एनसेल एप २०१५मा प्रतिस्पर्धाका चार वटा विधा (खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी) रहेका छन । एनसेलले यस वर्ष पनि गत वर्षमा समावेश गरेको पर्यटन विधालाइ निरन्तरता दिएको छ ।
प्रतियोगीहरु मध्येबाट प्रत्येक विधाका एक एक समुह विजेता र त्यी मध्येबाट एक समुह सर्वोत्कृष्ट विजेता घोषित हुने छन् । सर्वोत्कृष्ट विजेताले ७ लाख ५० हजार र हरेक विधाका विजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउने छन् ।