Logo

सिलगढीमा एनसेलको थ्रीजी सेवा, ७५ ओटै जिल्लामा पुर्याउने योजना

सिलगढीमा एनसेलको थ्रीजी सेवा, ७५ ओटै जिल्लामा पुर्याउने योजना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३० साउन,काठमाडौं । एनसेलले सुदूर पश्चिमको डोटिको दिपाएल सिलगढीमा थ्रीजी सेवा बिस्तार गरेको छ । वैशाख १२ को विनाशकारी महाभुकम्प पश्चात पनि एनसेलले थर्ड जेनेरेसन (थ्रीजी) मोबाइल सेवा विस्तारको आफ्नो पहल जारी राख्दै सेवा विस्तार गरेको हो । यससँगै एनसेलको थ्रीजी सेवा ६३ वटा जिल्लामा पुगेको छ ।
२०१५ को पहिलो ७ महिनामा थप ५७ वटा नयाँ गाउँ विकास समिति तथा नगरपालीकामा थ्रीजी सेवा विस्तार गरेको बताइएको छ । यस मध्ये २५ वटा गाविसमा भुकम्प पश्चात सेवा विस्तार गरेको एनसेलका प्रमुख प्राविधिक अधिकृत आन्द्रास पालीले बताए ।
डिजिटल इन्क्लुजन र यसको पहुँच बढाउने उद्देश्यका साथ एनसेलले विभिन्न जिल्ला तथा गाउँ गाउँमा निरन्तर थ्रीजी सेवा विस्तार गर्दै आएको छ ।

एनसेलको विकिपिडिया जिरो सेवाले ग्राहकलाई विश्वको सबैभन्दा ठुले अनलाईन लाइब्रेरीमा निःशुल्क पहुँच प्रदान गर्दै सामान्य तथा विषयगत ज्ञानको अभिवृद्धिमा मद्दत गर्दै आएको छ । विश्वभरी शिक्षा, स्वास्थ्य, रोजगारी तथा शिप विकासमा मोबाइल ब्रोडब्यान्डले ठुलो योगदान पु¥याउँदै आएको छ ।
“मोबाइल ब्रोडब्यान्ड र थ्रिजि सेवाले देशको अर्थतन्त्र तथा समाजको विकासमा ठूलो मद्दत पु¥याउछ उनले भने ‘त्यसैले दुरसंचार प्राधिकरणसँग हामीले उपलब्ध फ्रिक्वेन्सी रिसोर्सको अधिकतम सदुपयोगका लागि टेक्नोलोजी न्युट्रालीटीको अनुरोध गर्दै आएका छौं ।’ टेक्नोलोजी न्युट्रालीटि प्रदान गरिएमा  त्यस्तो अनुमति आएको ३ महिना भित्र ७५ वटै जिल्लामा थ्रीजी सेवा संचालनमा ल्याउने योजना भएको पालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्