Logo

एनसेल एप क्याम्प २०१५ प्रतियोगिता सुरु, मुख्य विजेतालाई ५ लाख नगद पुरस्कार

एनसेल एप क्याम्प २०१५ प्रतियोगिता सुरु, मुख्य विजेतालाई ५ लाख नगद पुरस्कार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२७ साउन,काठमाडौं । एनसेल एप क्याम्प २०१५ प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । एनसेलले प्रतियोगिताको आधिकारिक वेबसाईट सार्वजनिक गर्दै प्रतियोगिताको घोषणा गरेको हो ।

एनसेल एप् क्याम्प २०१५ मा प्रतियोगिहरूले खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन, र उपयोगिता गरी चार विधामा आफ्ना आईडिया पेश गर्नु पर्नेछ ।

यी विधाले नेपाली अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरु समेटेका छन् । यस प्रकारको एपको विकासले यी क्षेत्रको प्रभावकारीता र उत्पादनशीलता बढाउन योगदान पुर्याइ जनसाधारणलाई लाभ पुर्याउन सक्ने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।
एनसेल एप् क्याम्प एउटा प्रतियोगिता मात्रै नभएर, सृजनशिल युवाहरूलाई नयाँ व्यवसायतर्फ उत्प्ररित गर्ने प्रयास भएको उनले जानकारी दिए । ‘साथै अन्तरराष्ट्रिय एप उद्योगमा पहुँच बढाई अर्थतन्त्रमा योगदान पुर्याउने तर्फको प्रयास हो’ उनले भने ।

एनसेल एप् क्याम्प २०१५ चरणगत रूपमा सञ्चालन हुनेछ । पहिलो चरणमा, आवेदन परेका सम्पूर्ण प्रतियोगिहरू मध्ये उत्कृष्ट १ सय ५० वटा आईडियालाई क्षमता अभिवृद्धि तालिममा सहभागि गराईनेछ । दोस्रो चरणमा, हरेक विधाबाट ६ वटा उत्कृष्ट एप् कुल २४ टिमलाई अन्तिम चरणका लागि छनौट गरिने बताइएको छ । सोही उत्कृष्ट २४ बाट चार ‘विधा विजेता’ र एक ‘मुख्य विजेता’ को घोषणा गरिनेछ ।

हरेक विधाका विजेताले साढे २ लाख नगद पुरस्कार जित्नसक्नेछन् । साथै मुख्य विजेताले थप ५ लाख रूपियाँ जित्नुको साथै विदेशमा हुने कार्यक्रममा सहभागी हुने अवसर समेत प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्