Logo

अव फेसबुकबाटै पैसा पठाउन तथा लिन सकिने, हाललाई विश्वका केही देशमा मात्र उपलब्ध

अव फेसबुकबाटै पैसा पठाउन तथा लिन सकिने, हाललाई विश्वका केही देशमा मात्र उपलब्ध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१५ साउन,काठमाडौं । तपाँई फेसबुकको प्रयोग किन गर्नुहुन्छ ?साथी भाइसँग कुराकानी गर्न, फोटो अपलोड गर्न वा नयाँ साथी बनाउन ।

अव फेसबुकको प्रयोग यतिमा मात्र सिमित रहेन । फेसबुकको म्यासेन्जरबाट पैसा पठाउने तथा लिने गर्न पनि सकिने भएको छ । हाललाई विश्वका केही देशहरुमा लागु भइसकेको छ ।

कसरी गर्ने ट्रान्सफर
फेसबुक म्यासेन्जरबाट पैसा पठाउन प्रयोगकर्ताले च्याट विण्डोमा रहेको डलर आइकनमा क्लिक गर्नुपर्छ । यसका लागि प्रयोगकर्ताले अमेरिकाद्वारा जारी गरिएको भिजा वा माष्टरकार्ड (डेबिट कार्ड)लाई आफ्नो एकाउण्टसँग समायोजन गर्नुपर्छ ।
यसका लागि शुल्क लाग्दैन । प्रयोगकर्ताले सजिलै आफ्नो डेस्कटप कम्प्युटर वा मोबाइल फोनमा यसको प्रयोग गर्न सक्नेछन् ।

अमेरिकामा रहेका प्रयोगकर्ताहरुका लागि गूगलको एण्ड्रोइड अपरेटिङ सिष्टम तथा एप्पलको आईओएस अपरेटिङ सिष्टममा फेसबूक म्यासेञ्जर प्रयोग गर्नेले भने अवको केही महीनाभित्रै यो सुविधा प्रयोग गर्न पाउनेछन् ।
त्यस्तै आफ्नो एकाउण्टको सुरक्षाका लागि प्रयोगकर्ताले पिनको प्रयोग गर्न सक्नेछन् । थप सुरक्षाका लागि आफैले टच आईडीको समेत निर्माण गर्न सक्नेछन् । एजेन्सी\

प्रतिक्रिया दिनुहोस्