Logo

एनटीसीको पोष्टपेड रिचार्जमा समस्या, समाधानमा अझै समय लाग्ने

एनटीसीको पोष्टपेड रिचार्जमा समस्या, समाधानमा अझै समय लाग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ साउन,काठमाडौं । नेपाल टेलिकमको पोष्टपेड सिमको रिचार्जमा समस्या आएको छ ।

पोष्टपेडमा रिचार्ज नहुने समस्या मंगलवारदेखि  देखिएको हो । प्राविधिक समस्याका कारण पोष्टपेडमा रिचार्ज नभएको टेलिकमकी सहप्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

‘ प्राविधिक टिम परिचालन गरिएको छ’ उनले भनिन्  । वैद्यका अनुसार रिचार्जको समस्या समाधान गर्न अझै समय लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्