Logo

हुवावे ल्यायो वाई फाइभ सी र वाई थ्री सी, बजारमुल्य ८ देखि १० हजार

हुवावे ल्यायो वाई फाइभ सी र वाई थ्री सी, बजारमुल्य ८ देखि १० हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ साउन, काठमाडौं । हुवाले मोबाइल वाई फाईभ सी, वाई थ्री सी स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । बजेट मूल्यमा उपलब्ध हुने यी नयाँ स्मार्टफोनहरुको गुणस्तर र कार्यक्षमता भने प्रिमियम स्मार्टफोनकै हाराहारीको रहेको हुवावे मोबाइलका न्यूरोडका लागि आधिकारीक बिक्रेता टेलि टूका निर्देशक रोशन बिष्टले जानकारी दिए ।

हुवावेले ल्याएको नयाँ स्मार्टफोन वाई फाइभ सीमा ४ दशमलव ५ इन्चको भिभिड डिस्प्ले राखिएको छ । यसमा शक्तिशाली सुपर फाष्ट १ दशमलव २ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । हुवावे वाई फाइभ सी स्मार्टफोनमा १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ ।

त्यसैगरी यो फोनमा २ वटा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको क्यामरा तथा २ मेगापिक्सेलको क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो फोनमा १ हजार ७ सय ३० एमएएच ब्याट्रि रहेको छ । यसको बजारमा मुल्य ९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

हुवावेले बजारमा ल्याएको अर्को स्मार्टफोन वाई थ्री सीमा ४ इन्चको भिभिडि डिस्प्ले राखिएको छ भने सूपर फाष्ट १ दशमलव २ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । उक्त फोनमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

सो मोवाइलमा पनि २ वटा एलईडी फ्ल्याशसहित ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । २ सिम सर्पोट गर्ने यो स्मार्टफोनमा १ हजार ७ सय ३० एमएएचको ब्याट्रि राखिएको छ । सो फोनको बजारमा मुल्य भने ७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक प्रालिका गुरुदत्त शर्माले भने ग्राहकहरुको रुचीअनुसार हुवावेले न्यूनवर्गदेखि उच्च वर्गलाई ध्यानमा राखेर मोबाइलका मोडलहरु बजारमा ल्याएको हुँदा हुवावेको बजार बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्