Logo

फोन स्लो छ ? यसरी बढाउनुहोस स्पिड

फोन स्लो छ ? यसरी बढाउनुहोस स्पिड


रामराजा श्रेष्ठ
27
Shares

३ साउन, काठमाडौं । कहिलेकाँकी हामीले चलाइरहेको फोन ह्यङ हुने तथा स्लो काम गर्न थाल्छ ।

विशेषगरी इन्टरनेटको प्रयोगबाट फोनमा भाइरस तथा अनवान्टेड फोल्डर बन्छ । यसले गर्दा फोनको मेमोरी फुल हुनुका साथै फोन पनि स्लो हुन्छ । हतारको बेलामा फोन स्लो हुने तथा ह्यांग हुने समस्याबाट छुट्कारा पाउन त्यसको लागि मोवाइलको क्याचे किल्यर गर्नुपर्छ ।
त्यसका लागि पहिला सेटिङमा जानुपर्छ । त्यसपछि ‘म्यानेज एप्स’ अप्सन सेलेक्ट गर्नुपर्छ ।

जहाँ एसडी कार्ड, रनीङ तथा सबै अप्सन देखिन्छ । अल मा क्लियर क्याचे अप्सन सेलेक्ट गरौं । जसबाट फोनको मेमोरीबाट जंक फाइल डिलिट हुन्छ , फ्रि मेमोरी पाइन्छ । साथै एण्ड्रोइड तथा स्मार्टफोन मन क्याचे क्लियर गर्नका लागि प्ले स्टोरमा धेरै एप्सहरु हुन्छन् । जसमध्ये एक क्लिन मास्टर एप हो ।

यो एप्स डाउनलोड गरेर फोनको जंक फोल्डर्स डिलिट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्