Logo

वाच लेटर सुविधा थप्दै फेसबुक, फुर्सदको बेलामा भिडियो हेर्न सकिने

वाच लेटर सुविधा थप्दै फेसबुक, फुर्सदको बेलामा भिडियो हेर्न सकिने


रामराजा श्रेष्ठ
54
Shares

३ साउन,काठमाडौं । फेसबुकमा हाल दैनिक ४ अर्वभन्दा बढी भिडियो शेयर गर्ने तथा हेरिने गरिएको छ । यसैक्रममा फेसबुकले भिडियो शेयर गर्नेको संख्या बृद्धि गर्न वाच लेटर सुविधा थप्ने भएको छ ।

कम्पनीले भिडियो हेर्ने तथा शेयर गर्नेको संख्या अझ थप्नका लागि एउटा अर्को नयाँ सुविधा थप्ने भएको छ ।

 फेसबुकले ‘वाच लेटर’ सुविधा थप्ने भएको हो । ‘वाच लेटर’ अर्थात् ‘पछी हेर्नुस भन्ने सुविधा भिडियो हेरिरहेको समयमा भिडियोमा क्रसर लगेपछि माथिल्यो दायाँ भागमा एउटा बटन देखिन्छ ।

यो बटनलाई क्लिक गरेर प्रयोगकर्ताले उक्त भिडियो सेभ गरेर राख्न सक्छ । साथै फुर्सदको   बेलामा सो भिडियो हेर्न सक्छ ।
‘वाच लेटर’ बटन मा क्लिक गरेपछि भिडियो प्रयोगकर्ताको ‘सेभ्ड फोल्डर’मा सेभ हुन्छ ।

यसले फेसबुकमा भएका भिडियोहरू आफूले चाहेको समयमा हेर्न सकिने छ । भिडियो तत्काल हेर्नुपर्ने अवस्थालाई फेसबुकले परिवर्तन गरेपछि फेसबुकमा थप भिडियोहरू अपलोड हुने अनुमान कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्