Logo

प्रम दैवी प्रकोप उद्दार कोषमा क्यानको ५ हजार डलर , भूकम्पमा हराएकाको खोजी गर्न वेव पोर्टल

प्रम दैवी प्रकोप उद्दार कोषमा क्यानको ५ हजार डलर , भूकम्पमा हराएकाको खोजी गर्न वेव पोर्टल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१९ असार,काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) अन्तर्गतको क्यान यु.एस.ए.ले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५ हजार डलर सहयोग गरेको छ । क्यान महासंघ तथा क्यान यु.एस.ए.का प्रतिनिधीहरुले विहिवार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

सहयोग रकम वुभ्mदै प्रधानमन्त्री कोइरालाले राहतबापत कोषमा उपलब्ध रकम पारदर्शी ढंगले सदुपयोग गरिने वताए । साथै उनले कोषमा जम्मा भएको रकम वास्तविक पीडित समक्ष पु¥याउने र पुनर्निमाणमा सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । कोइरालाले कोषको रकम वास्तविक पीडितसम्म पुग्ने कुरामा ढुक्क हुन समेत आग्रह गरे ।

सो अवसरमा क्यान महासंघका अध्यक्ष ई. विनोद ढकाल, क्यान यु.एस.ए.का अध्यक्ष प्रदिप खनाल, क्यान महासंघका महासचिव  विश्व राम वलामी, क्यान यु.एस.ए.का कोषाध्यक्ष पूकार भण्डारीलगायतको उपस्थिती थियो । भूकम्पबाट भएको क्षतिमा थोरै भए पनि राहत मिलोस् भन्ने हेतुले दैवीप्रकोप उद्धार कोषमा राहतस्वरुप उक्त रकम सहयोग गरेको अध्यक्ष ढकालले बताए ।

क्यान महासंघले भूकम्पबाट क्षति पुगेका नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, गोरखा, काठमाण्डौं लगायतका जिल्लाहरुमा आधारभूत खाद्यान्न वितरण, अस्थायी घर निर्माण, मोबाईल चार्जर, सोलार बत्ती, ब्ल्याकेट बितरण, निःशुल्क वाईफाई जडान गरिदिएको छ ।

साथै भूकम्पमा हराएका ब्यक्तिहरुको खोजी गर्ने उद्देश्यले नेपाल प्रहरी र मर्कन्टाइल कम्युनिकेशन प्रालिको सहकार्यमा डब्लुडब्लुडब्लु डट मिसिङपिपल डट जीओभी डट कम नामक वेव पोर्टलको थालनी गरेको छ ।  यसैगरी यस महासंघ कै पहलमा  एशियन ओसियाना कम्प्युटिङ इण्डष्ट्रि अर्गनाइजेशनले नेपाल रेडक्रस सोसाईटिलाई महाभूकम्म पिडितको सहयोगार्थ अमेरिकी डलर १५ हजार २ सयको चेक पनि हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्