Logo

एसएलसी दिएका विद्यार्थीलाई एनटीसीको योजना, १ सयको सिममा २ सयको सुविधा

एसएलसी दिएका विद्यार्थीलाई एनटीसीको योजना, १ सयको सिममा २ सयको सुविधा


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१३ असार,काठमाडौं । नेपाल टेलिकमले एसएलसीमा पास र फेल भएका सबै विद्यार्थीहरुका लागि सिम कार्डमा विशेष सुविधा ल्याएको छ।

एसएलसी दिएका विद्यार्थीहरुले १ सय रुपैयाँमा एनटीसीको सिम किन्दा १ सय रुपैयाँ ब्यालेन्स र थप १०० एमबी मोबाइल डाटा प्राप्त गर्नेछन्। जसबाट २ सय रुपैयाँ बराबरको सुविधा टेलिकमले दिएको छ। यो योजना असार १० गतेबाट सुरु भएर साउन मसान्तसम्म लागू हुने बताइएको छ ।

सिम लिनका लागि विद्यार्थीहरुले एसएलसीको प्रवेश पत्र, नागरिकता र पासपोर्ट साइजको फोटो अनिवार्य बुझाउनु पर्ने छ ।

विद्यार्थीले एनटीसिको जुनसुकै काउण्टर वा नेपाल टेलिकमको आधिकारिक बिक्रेताबाट लिन सकिने छ।

प्रतिक्रिया दिनुहोस्
MBL