Logo

एनसेलको सामाजिक उत्तरदायित्व, ईन्जिनियरिङका उत्कृष्ट विद्यार्थीहरुलाई १ करोड ३० लाखको छात्रवृत्ति दिने

एनसेलको सामाजिक उत्तरदायित्व, ईन्जिनियरिङका उत्कृष्ट विद्यार्थीहरुलाई १ करोड ३० लाखको छात्रवृत्ति दिने



काठमाडौं । एनसेलले ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न ५ संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गरेको हो ।

यस अघि एनसेलले उत्कृष्ट विद्यार्थीहरुलाई २०७१ देखि २०७५ सम्म ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो ।

२०७१ देखि २०७५ सम्मको पाँच वर्ष अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् ।

यो वर्ष, एनसेल छात्रवृत्ति एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदील इस्रार, वित्तीय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्र कुमार भट्टचनले प्रदान गरेका हुन ।

त्यसैगरी एनसेल उत्कृटता सम्मान ईन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले संयुक्तरुपमा विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

यस वर्ष १८ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।

उक्त एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले २०७६ साल देखि २०८० साल सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्