Logo

लाइसेन्स नवीकरणको पहिलो किस्ता वापत एनसेलले बुझायो ४ अर्ब

लाइसेन्स नवीकरणको पहिलो किस्ता वापत एनसेलले बुझायो ४ अर्ब



काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मोबाइल सेवा सञ्चालन अनुमतिपत्र (लाइसेन्स) नवीकरणबापतको ४ अर्ब रुपैयाँ बुझाएको छ । कम्पनीले नवीकरण शुल्क वापतको पहिलो किस्ता बुझाएको नेपाल दूरसंचार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार एनसेलले केही दिन अघि मात्र सो रकम बुझाएको हो । टेलिकम सेवाप्रदायक कम्पनीले नवीकरण शुल्क बढी भएको भन्दै गुनासो गरिरहेको वेला एनसेलले भने पहिलो किस्ता वापतको रकम बुझाएको हो ।

दूरसञ्चार प्राधिकरणले चैतमा टेलिकमले नवीकरण दस्तुरबापत २० अर्ब रुपैयाँ निर्धारण गरेको थियो । सोही अनुरुप नेपाल टेलिकमलाई पनि लाइसेन्सको दोस्रो नवीकरण शुल्क वापतको २० अर्ब रुपैयाँ ५ किस्तामा तिरिसक्नुपर्ने भन्दै मन्त्रिपरिषद्को बैंठकले नियर्ण गरेको थियो । सोही अनुरुप एनसेलले पनि पहिलो किस्ता वापत ४ अर्ब रुपैयाँ नियामक निकाय प्राधिकरणलाई बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्