काठमाडौं । मोबाईल बैंकिङ तथा विद्युतिय भुक्तानी प्रणालीको नियमन तथा अनुगमन गर्नका लागि नेपाल दूरसंचार प्राधिकरण र नेपाल राष्ट्र बैंकबिच सम्झौता भएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच मोबाईल भुक्तानीलाई अनुगमन तथा सुरक्षाका हिसावले पनि प्रभावकारी बनाउन उक्त सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ ।
विभिन्न सेवाप्रदायकहरुले विद्युतिय भुक्तानीलाई प्रश्रय दिईरहेको बेला २ नियामक निकायबीच त्यसलाई चुस्त र दूरुस्त बनाउने उद्देष्यले उक्त सम्झौता गरिएको प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
उनका अनुसार मोबाईल फाईनान्सका लागि प्रष्ट कार्यविधि समेत तोकिएको छ । शुक्रबारको कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरन्जिवी नेपालबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पछि नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार सेवाप्रदायकहरु, एप्स संचालन कम्पनी लगायतको अनुगमन तथा नियमन गर्नेछ भने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय क्षेत्रको अनुगमन तथा नियमन गर्नेछ ।