Logo

अनुमति बिनै व्याण्डविथ लिने आइएसपीहरुलाई प्राधिकरणले कारवाही गर्दै, यस्तो नगर्न आग्रह

अनुमति बिनै व्याण्डविथ लिने आइएसपीहरुलाई प्राधिकरणले कारवाही गर्दै, यस्तो नगर्न आग्रह



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक ईन्टरनेट सेवाप्रदायकबाट अनुमतिविनै व्याण्डविथ लिने अर्काे ईन्टरनेट सेवाप्रदायकलाई कारवाही गर्ने भएको छ ।

प्राधिकरणबाट अनुमतिपत्र प्राप्त केही इन्टरनेट सेवाप्रदायकहरुले अन्य कम्पनी र संस्था हरुलाई सम्झौता नै नगरी इन्टरनेट ब्याण्डवीथ उपलब्ध गराउने गरेकाले कारवाही प्रक्रिया अघि बढाईएको प्राधिकरणले जानकारी दिएको छ ।

‘हामीले बुटवल तथा तनहुँमा यस्तो प्रक्रिया गर्ने केहि सेवाप्रदायकहरुलाई कारवाही प्रक्रिया अघि बढाएका छौं,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘यस्तो काममा अन्य सेवाप्रदायक पनि नलागुन भन्ने हाम्रो बुझाई हो ।’

प्राधिकरणले त्यस्ता संस्थाहरुले आफैले उपकरणहरु खरिद गरी, टावर निर्माण गरी, अप्टिकल फाईबर नेटवर्क विस्तार गरी सेवा संचालन गर्ने गरेको र ग्राहकहरुलाई बिल बिजक नै प्रदान नगरी इन्टरनेट सेवा प्रदान गरेको खुलेको बताएको छ ।प्राधिकरणले एक सुचना जारी गर्दै इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र बिना इन्टरनेट सेवा संचालन नगर्न नगराउन अनुरोध समेत गरेको छ ।

आइएसपीहरुले दूरसञ्चार ऐन, नियम विपरीत अनुमतिपत्र बिना इन्टरनेट सेवा वा अन्य कुनै दूरसञ्चार सेवा संचालन गर्ने र गराउने गरेको पाईएमा कानुन बमोजिम कारवाही गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ । साथै कसैले अनुमतिपत्र बिना इन्टरनेट सेवा संचालन गरिरहेको देखिएमा प्राधिकरणलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्