Logo

लगानी सम्मेलन नजिकिएसँगै काठमाडौंमा बढाइयो उच्च सुरक्षा, सबै ठाउँमा सीसीटिभी जडान गर्न बजेट निकासा

लगानी सम्मेलन नजिकिएसँगै काठमाडौंमा बढाइयो उच्च सुरक्षा, सबै ठाउँमा सीसीटिभी जडान गर्न बजेट निकासा



काठमाडौं । लगानी सम्मेलन नजिकिएसँगै काठमाडौंमा उच्च सुरक्षा सम्वेदनशिलता अपनाईएको छ । लगानी सम्मेलनका लागि उच्च सुरक्षा तथा काठमाडौं सफा राख्नका लागि काठमाडौं महानगरपालिकाले हरेक स्थानमा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) राख्ने प्रक्रिया अघि बढाएको हो ।

सो कार्यका लागि काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीच महानगरका विभिन्न स्थानमा सहकार्यसहित सिसिटीभी राख्ने विषयमा सम्झौता भएको छ । नेपाल प्रहरीले जनताको सुरक्षाका लागि विभिन्न स्थानमा राख्ने भनेको सिसिटीभी क्यामेरा जोडिरहेकै बेलामा कामपाले पनि प्रहरीसँगै सहकार्य गरेर जडान गर्ने भएको हो ।

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको उद्देष्य एउटै भएकाले दुबै पक्षले कुनै निश्चित स्थानमा एउटै क्यामरा तथा एउटै निगरानी कक्षबाटै फाईदा लिन सकिने भएपछि सो सहकार्यका लागि सम्झौता गरिएको कामपाका सुचना अधिकारी बसन्त आचार्यले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा तथा संवेदनशिलताको निगरानी गर्नका लागि सिसिटीभि क्यामेरा जोडिरहेकाले उसैसँग सम्झौता गर्दै कामपाले पनि विभिन्न स्थानमा फोहोरमैला ब्यबस्थापन तथा अन्य निगरानी गर्न सक्नेछ ।

कामपाले प्रहरीसँगै सहकार्य गर्न प्रहरीलाई सिसिटीभी क्यामेरा जडान गर्नका लागि ३ करोड रुपैयाँ निकासा पनि गरिसकेको छ । कामपाले प्रहरीले जोडेको सीसीटिभी क्यामेराबाटै विभिन्न स्थानमा फोहोरमैला उठेको नउठेको लगायत काठमाडौंमा हुनेगरेका थुप्रै कुराको निगरानी गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL