Logo

सामसुङ ग्यालेक्सी एस सिक्स र एस सिक्स एज सार्वजनिक , मूल्य ७७ हजार र ९५ हजार

सामसुङ ग्यालेक्सी एस सिक्स र एस सिक्स एज सार्वजनिक , मूल्य ७७ हजार र ९५ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
३ चैत,काठमाडौं । बहुप्रतिक्षित सामसुङ ग्यालेक्सी एस सिक्स र ग्यालेक्सी एस सिक्स एज नेपालमा सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ती मोवाइल सार्वजनिक गरिएको हो ।

यी फोनमा विश्वको नविनतम प्रविधि समावेस गरिएको सामसुङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडका एचएचपी डिभिजन प्रमुख प्रणयरत्न स्थापितले बताए । साथै हालसम्म कुनै पनि फोनले यस्तो प्रविधि प्रयोग नगरेको दावी गरे । सो अवसरमा सामसुङका कण्ट्रिहेड युविम वनले नेपाली ग्राहकहरुले यी फोनलाई मन पराउनेमा विश्वस्थ भएको बताए ।

यी फोनमा गुरिला ग्लासका प्रयोग गरिएकोले माथिबाट खस्दा पनी फुट्दैन । ग्यालेक्सी एस सिक्स र एस सिक्स एज ग्यालेक्सी एस फाइभको तुलनामा १ दशमलव ५ पटक छिटो चार्ज हुने कम्पनीले जानकारी दिएको छ । यी मोवाइल १० मिनेट चार्ज गर्दा ४ घण्टालाई काम दिन्छ । आकर्षक लुक्स भएको यी फोन स्लीम तथा हलुका छ । साथै यसको स्पिकर पनि स्तरिय रहेको बताइएको छ ।

galaxy-

ग्यालेक्सी एस सिक्स र एस सिक्स एजमा ५ दशमलव १ इन्चको क्वाड एच डी छ । यी फोनमा भएको १६ मेगापिक्सलको व्याक तथा ५ मेगापिक्सलको फ्रण्ट क्यामराले जिवन्त तस्विर कैद गर्न सकिन्छ । त्यस्तै अध्यारोमा पनि फ्रण्ट क्यामरा ६० प्रतिशत बढी प्रकाश दिने बताइएको छ ।

दुवै स्मार्टफोनमा क्विक लञ्च फिचर समाबेस गरिएको छ । जसले गर्दा होम बटन थिचेको ० दशमलव ७ सेकेन्डमा क्यामरा खिल्छ । यसमा ५ दशमलव ० दशमलव २ ललिपप भर्सनको एन्ड्रोइड छ । । त्यस्तै २६ सय एमएएच व्याट्रि भएको यी फोन १० मिनेट चार्ज गर्दा ४ घण्टा चलाउन सकिन्छ ।दुवै फोनमा वायरलेस चाजिङको सुविधा छ ।

19494_1595585280694207_7358950027929939646_n

यसमा ३ जीवीको र्याम,३२ जीवीको मेमोरी, गगुग सर्भिस सपोर्ट, अल्ट्रा पावर सेभिङ,स्मार्ट म्यानेजरलगायत अन्य विशेषताहरु रहेका छन् । केही समयपछी बजारमा उपलब्ध गराइने ग्यालेक्सी एससिक्स र ग्यालेक्सी एस सिक्स एजको मूल्य क्रमशः ७७ हजार ९ सय र ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । । यी मोवाइलहरु ५ ओटा रङमा उपलब्ध हुने छन् ।

प्रतिक्रिया दिनुहोस्