काठमाडौं । साओमीले नेपालमा पहिलोपटक आफ्नो पहिलो एन्ड्रोईड जिओ स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले उपयोगी सफ्टवेयर तथा दक्ष हार्डवेयर भएको उक्त फोन नेपालमा हालै सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार उक्त फोनमा भएका एपहरुले स्टोरेज क्षमता पनि धेरै कम प्रयोग हुने र डेटाको पनि कम प्रयोग गर्ने हिसाबले निर्माण गरिएको हो ।
उक्त फोनमा ५ ईन्चको एजडी डिस्प्ले, क्वालकम स्न्यापड्र्यागन, ३ हजार एमएएच पावरको ब्याट्री तथा ८ एमपीको एलईडी फ्लास सहितको क्यामेरा र ५ एमपीको सेल्फी क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले उक्त नयाँ फोनको बजारमूल्य भने ८ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।