Logo

एनसेल मुख्यालयको गेटमा शक्तिशाली बम बिस्फोट हुँदा दुई जना घाईते, आगन माथी पनि बम भेटियो

एनसेल मुख्यालयको गेटमा शक्तिशाली बम बिस्फोट हुँदा दुई जना घाईते, आगन माथी पनि बम भेटियो



काठमाडौं । दूर संचार सेवाप्रदायक कम्पनी एनसेलको मुख्यालयको गेट अगाडि बम बिस्फोट भएको छ ।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको प्रहरीले जानकारी दिएको छ ।

साँझ करिब ८ बजे एनसेलको मुख्यालय गेटको अगाडि शक्तिशाली बम विस्फोट भएको थियो । उक्त बमको कम्पनले वरपरका घरका सिसा समेत फुटेका छन् ।

उक्त बिस्फोटमा परी २ जना घाइते भएका छन् । घाईते भएका २ जनाको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कमलपोखरीको आगन माथी पनि बम भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्