काठमाडौं । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड विदेशमा पनि चल्ने भएको छ । टेलिकमले आफ्नो १५ औं बार्षिकोत्सवको अबसरमा प्रिपेड फोनलाई पनि विदेशमा चलाउन सक्ने व्यवस्था गरेको हो । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
यसअघि पोस्टपेड प्रयोगकर्ताले मात्रै रोमिङ सुविधा लिएर विदेश जाँदा पनि फोन सुविधा उपयोग गर्दै आएका थिए । तर, आजदेखि प्रिपेड ग्राहकले पनि विदेश जाँदा उक्त रोमिङ सुविधा लिएर फोन प्रयोग गर्न सक्ने भएका छन् ।
हाल पोष्टपेडका ग्राहकले १० हजार रुपैयाँ धरौटी राखेर रोमिङ सुविधा लिँदै आएका छन् । तर, टेलिकमले प्रिपेड ग्राहकलाई भने विना धरौटी रोमिङ सुविधा उपलब्ध गराएको हो ।
बार्षिकोत्सवको अवसरमा प्रिपेड रोमिङ सुविधाको सफ्ट लञ्च गरिएको र केही सयमभित्रै पूर्ण रुपमा कार्यान्वयनमा ल्याईने टेलिकमले जानकारी दिएको छ ।