Logo

नूबियाले आफ्ना स्मार्टफोनको मूल्य घटायो, यी फोनको मूल्य घट्यो

नूबियाले आफ्ना स्मार्टफोनको मूल्य घटायो, यी फोनको मूल्य घट्यो



काठमाडौं । नूबियाले नेपाली बजारमा आफ्ना लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ । नूबिया फोनको नेपालका लागि आधिकारीक बितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो ।

कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य घटाउँदै २३ हजार रुपैयाँ कायम गरेको छ । यसअघि जेड १७ मिनीको पुरानो मूल्य २४ हजार रुपैयाँ रहेको थियो । जेड १७ लाइटको मूल्यमा पनि २ हजार रुपैयाँ घटाउँदै नयाँ मूल्य २६ हजार ५ सय कायम गरेको छ ।

नूबिया जेड १७ मिनी एसको नयाँ मूल्य २८ हजार रुपैयाँ रहेको छ । यसअघि यो स्मार्टफोनको पुरानो बजार मूल्य २९ हजार ५ सय रहेको थियो । त्यसैगरि नूबिया भी १८ स्मार्टफोनको मूल्यमा २ हजार ५ सय घटाएर नयाँ बजार मूल्य २५ हजार कायम गरेको छ । नूबियाका स्मार्टफोनहरुमा घटेको बजार मूल्यमा नै यी फोनहरु नेपालभर उपलब्ध रहेका छन् ।

जेड १७ लाइट र जेड १७ मिनी एस स्मार्टफोनमा कम्पनीले स्न्यापड्रागन ६५३ प्रोसेसर राखेको छ भने यसमा ६जीबी र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । ड्यूल रियर क्यामरा भएका स्मार्टफोनहरुमा ३२०० एमएएचको ब्याट्री ब्याकअप तथा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । ६ जीबी र्याम भएका यी स्मार्टफोनहरु नेपाली बजारमा सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्