काठमाडौं । आइएमएस ग्रुप अन्तर्गतको, ड्रोन क्यामेरा उत्पादक कम्पनी आइएमएस लिटल स्माइल्स्ले क्यान इन्फोटेकमा स्टल राखेको छ । कम्पनीले क्यान इन्फोटेक भईरहेको भृकुटीमण्डपको स्टल नं ए २३ मा आफ्नो स्टल स्थापना गरेको हो ।
आइएमएस लिटल स्माईल्सले क्यामेरा अन्र्तगत पर्ने ड्रोन व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको छ । डिजेआई क्यामेरा उत्पादन गर्ने विश्वकै ठूलो र अग्रणी कम्पनी पनि हो ।
कम्पनीका उत्पादनहरुमा विशेष प्रकारको इन्जीनीएरङङ्ग टेक्नीक र विशेष प्रकारको क्षमता र श्रीजनशिलताका साथ, निर्देशन मान्ने र सिनेम्याटोग्राफी गर्न सकिने गुण रहेका छन । यस्तै कम्पनीले उत्पादन गरेका ड्रोन क्यामेरा कम उचाई एरियल तस्विर लिनका लागी पनि विशेष उपयोगी छ ।
कम्पनीले क्यान इन्फोटेक मार्फत ओस्मो पकेट र स्मार्ट कन्ट्रोलर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ड्रोन क्यामराहरु नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गर्ने आईएमएस ग्रुपले जानकारी दिएको छ ।