काठमाडौं । नेपाल टेलिकमले विस्तारका लागि अघि बढाएको टेन्डर प्रक्रियामा सांसदहरुले प्रश्न उठाएका छन । संघिय संसदको अर्थसमितिको बैठमा सत्तारुढ दलकै केही सांसदहरुले उक्त टेन्डर प्रक्रियामाथि टेलिकमलाई टाट पल्टाउन लागिएको भन्दै प्रश्न गरेका हुन ।
बैठकमा सांसदहरुले नेपाल टेलिकमको सेवा विस्तार भईसकेको खण्डमा सोही सेवालाई अपग्रेड गरे हुने प्रक्रियालाई नयाँ विस्तार गरिनु जालझेल भएको बताएका हुन ।
बैठकमा बोल्दै सांसद रामकुमारी झाँक्रीले ४ अर्बमै हुने परियोजनालाई १८ अर्ब खर्चिनु शंकास्पद विषय भएको बताएकी छन । उनले निजी क्षेत्रले २ देखि ४ अर्बमै सम्पन्न गर्ने काम सरकारलाई भने १८ अर्ब रुपैयाँ खर्चिनुको औचित्य नभएको बताउँदै विश्वमा फाईभजी विस्तार भईसक्दा पनि नेपालमा फोरजी सेवालाई अपग्रेड गर्न नसकिनु लाजमर्दाे भएको जानकारी दिईन ।
यस्तै बैठकमा बोल्दै सत्तारुढ दलकै सांसद मेटमणि चौधरीले पनि टेलिकमको उक्त परियोजना पारदर्शी नभएको बताउँदै अहिलेकै प्रविधिमा स्तरोन्नती गर्दा हुने काममा अरबौं खर्च सही नियत नभएको जानकारी दिए ।