Logo

चीनमा मात्रै ८ लाख सामाजिक संस्था दर्ता, १२ हजार स्वयंसेवी संस्था

चीनमा मात्रै ८ लाख सामाजिक संस्था दर्ता, १२ हजार स्वयंसेवी संस्था



काठमाडौं । चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी ८ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिएका छन ।

बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उनले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको बताए ।
चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उनको भनाई छ ।

देशमा अवैध रुपमा रहेका ५ हजार ८ सय ४५ ओटा सामाजिक संस्थाहरुका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिए ।

चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरु दर्ता भएका छन् । ती संस्थाहरुका झण्डै १० करोड स्वयमसेवकहरु दर्ता छन् ।
ती स्वयमसेवकहरुले १ अर्ब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुक्षीनले बताए ।

प्रतिक्रिया दिनुहोस्