Logo

नेपालमै पहिलोपल्ट साईबर सुरक्षा सम्मेलन सम्पन्न, ह्याकरहरुले गरे लाइभ ह्याकिङ

नेपालमै पहिलोपल्ट साईबर सुरक्षा सम्मेलन सम्पन्न, ह्याकरहरुले गरे लाइभ ह्याकिङ



काठमाडौं । नेपालमै पहिलोपटक आयोजना गरिएको दुई दिने अन्तर्रा्ष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेटकन २०१८ सम्पन्न भएको छ ।
उक्त सम्मेलन विश्वमै प्रसिद्ध ‘ब्ल्याक ह्याट र डीईएफ कन’को नेपालको समकालीन सम्मेलनको रुपमा सञ्चालन भएको हो । सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआईसीटी नेपाल) र थे्रट निक्सको संयुक्त आयोजनामा भएको सम्मेलनमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स लगायत संस्थाको सहकार्य रहेको थियो ।

दोस्रो दिन शुक्रबार समानान्तर रुपमा दुई हलमा विभिन्न कार्यक्रम गरिएको छ । जसमध्ये एक हलमा मुख्य कार्यक्रम जँहा वक्ताहरुले आ(आफ्नो प्रस्तुति दिएका थिए भने अर्को हलमा बग बाउन्टि, क्यापचर द फ्ल्याग, आर्सनल लगायतका कार्यक्रमहरु सञ्चालन भएका हुन ।

बग बाउन्टि र क्यापचर द फ्ल्यागमा प्रतिस्पर्धिहरुको उल्लेख्य सहभागिता रहेको थियो, प्रतिस्पर्धिहरुलाई क्रिप्टोग्राफ, मोबाइल एप, नेटवर्क, ओसिन्ट, रिभर्सिङ, ट्रिभिया, वेभ लगायतका विधामा १७ वटा चुनौतिहरु दिईएको थियो । विभिन्न ८ समूहले ति चुनौतिहरुको समाधान निकालेका थिए ।

कार्यक्रममा विदेशबाट आएका विभिन्न ह्याकरहरुले विभिन्न क्रियाकलापमा ह्याक गराएका थिए ।

नेपालमा साइबर सुरक्षाको निमित्त सरकारले गरेका कार्यहरुको विषयमा अर्को प्यानल डिस्कसनमा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सह(सचिव विरेन्द्रकुमार मिश्र, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल, सुचना प्रविधि विभागका महानिर्देशक लक्ष्मिप्रसाद यादव, एनपिसर्टका सदस्य प्रमोद पराजुली प्यानलिस्टको रुपमा रहेका थिए ।

नेपालमा साइबर सेक्युरिटीको विषयमा तालिम, विश्लेषण एवं सचेतनामूलक कार्यक्रमहरु नभएको साथै साइबर चुनौती बढ्दै गइरहेको वर्तमान अवस्थामा अन्तर्रा्ष्टिय अभ्यास के कस्तो रहेको छ भन्ने बारे जानकारी प्रदान गर्न र नेपालमा साइबर अपराधको जोखिम न्यूनिकरण गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्था एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्